माछापुच्छ्रे बैंकका ग्राहकले एनआईटीभी र वर्ल्ड लिंक इन्टरनेट प्याकेज इजी ईएमआईमा पाउने

माछापुच्छ्रे बैङ्कका क्रेडिटकार्ड प्रयोगकर्ताहरूलाई ईएमआई सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैङ्क लिमिटेड, एनआइटिभी स्ट्रिम्ज प्रालि र वर्ल्ड लिङ्क लिमिटेडबिच त्रिपक्षीय सम्झौता भएको छ  । उक्त सम्झौता पत्रमा एनआइटिभी स्ट्रिम्ज र वर्ल्ड लिङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृतनरन राजभण्डार र केशव नेपाल तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बमोजिम यस बैङ्कका क्रेडिटकार्ड प्रयोगकर्ताले बैङ्कको इन्स्टापे सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सकिने व्यवस्था गरिएको छ ।

आउँदो दसैँ, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआइटिभी  स्ट्रिम्ज र वर्ल्ड लिङ्कले संचालन गरेको  फेस्टभिटी अफरमा ग्राहकले करिब ५६% सम्मको छुट पाउन सक्नेछन् ।

बैङ्कका ग्राहकहरूले उक्त सुविधा बैङ्कको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । बैङ्कको क्रेडिट कार्ड नभएका ग्राहकहरूले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वर्ल्ड लिङ्क र एनआइटिभी स्ट्रिम्जको नेपाल स्थित सबै कार्यालयहरू मार्फत उपलब्ध गराइनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार