गोरखामा माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको माटोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको घरको परिसर निर्माण गर्ने क्रममा सो दुर्घटना भएको उनले बताए ।घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पु-याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरेका हुन् । उनीहरु दुवैको शव परीक्षणका लागि स्वास्थ्यचौकीमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार