नापोलीसँग लिभरपुल स्तव्ध

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

साविक उपविजेता इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एकरएक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।

यही समूह ‘ए’ को अर्को खेलमा डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार