महिला साफ आजबाट, नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।

नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।

भुटानलाई नेपालले सहजै हराउन सक्ने अवस्था छैन। किनभने भुटानको टोली पहिले भन्दा धेरै बलियो छ । भुटान पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी दिन चाहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार