एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

काठमाडौँ– एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ७ हजार अमेरिकी डलर (९ लाख १ हजार ६ सय ५१ रूपैयाँ) जरिवाना गरेको छ। सोमबार एएफसीको अनुशासन समितिले नेपाललाई जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको हो।

गत असार १ गते कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोतअन्तर्गत इन्डोनेसियाविरूद्धको खेलमा नियमविपरित काम गरेको भन्दै नेपाललाई जरिवाना गरिएको हो।

एएफसीले नेपाललाई दुई छुट्टा छुट्टै शीर्षकमा जरिवाना गरेको हो। दुवै जरिवाना प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण भएको छ।

इन्डोनेसियाविरूद्धको तेस्रो खेलका दौरान अलमुताइरी नेपालको ड्रेसिङ रुममा छिरेको र मैदानमा समेत प्रवेश गरेको भन्दै नेपाललाई जरिवाना गरिएको हो।

अलमुताइरीलाई जोर्डन र कुवेतविरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार