केन्याविरुद्ध बलिङ गर्दै नेपाल

काठमाण्डौ – केन्यासँगको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल भोलि मङ्गलवार हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल दुई–एकले अघि छ ।

नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार