नेपालको टी–२० वरीयता खस्कीयो

काठमाण्डौ – टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयता अनुसार नेपालको टी–२० वरीयता एक स्थान घटेको हो।

नेपाल १५औँ स्थानमा झरेको छ। नामिबिया १४औँ स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भारत रहेको छ।यस्तै, इङ्ग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।

वरीयता घटेसँगै नेपालले सन् २०२४ मा आयोजना हुने टी–२० विश्व कपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी–२० विश्व कपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्व कपमा स्थान बनाउने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार