नेपाल र केन्याबीचको चौथो खेल आज

काठमाडौँ । नेपालले आज घरेलु टोली केन्याविरुद्ध चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा छ । तर, घरेलु टोली केन्या पनि सिरिज बराबरी गर्ने दाउमा हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । नेपालले पहिलो र तेस्रो खेलमा जित निकालेको छ भने दोस्रो खेल गुमाएको थियो । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार