पाकिस्तानमाथि भारतको जित

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा अलराउन्डर हार्दिक पान्ड्याको सानदार प्रदर्शनमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका रविन्द्र जडेजाले ३५ रन, हार्दिक पान्ड्याले३३ रन जोडे । विराट कोहलीले ३५ रनको योगदान गरे ।

सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुल सुन्य रनमा आउट भए ।

पाकिस्तानका मोहमद नवाजले ३ र शाहानवाज दाहानीले २ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.५ ओभरमा १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए ।

फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए  ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट, अर्शदीपसिंहले २ विकेट र आवेश खानले एक विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार