पाकिस्तानविरुद्ध भारत ५ विकेटले विजयी

काठमाडौँ– एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानसँगको खेलमा भारत विजयी भएको छ । आइतबार राती दुबईमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितमा भारतले सुखद सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५ ३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए ।

पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ए को भारतले पहिलो खेलमा २ अंक जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार