बीबीएलको ड्राफ्टमा सन्दीप अन्सोल्ड

काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।

आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन् । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने नबिकेका हुन् ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका थिए । पहिलो पटक ड्राफ्टमा परेका सुवास समेत अनसोल्ड भए ।

बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार