केन्याविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा केन्याले पहिले ब्याटिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ भने केन्या पनि सोही दाउमा छ । पाँच खेलको सिरिजमा नेपाल र केन्याले एकएक खेल जितिसकेका छन् । नेपालका लागि कमजोर र गैरजिम्मेवार ब्याटिङ टाउको दुखाईको विषय बनेको छ ।

नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी– ट्वान्टी भदौ १४ गते हुनेछ । त्यसपछि नेपालले घरेलु टोलीसँग नै एकदिवसीय सिरिज खेल्नेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार