साताका उत्कृष्ट तस्बिर

यो हप्ताभरी हाम्रा नजरमा उत्कृष्ट बनेका तस्बिरहरु

सुनसरीको रामधुनीस्थित सुनसरी-मोरङ सिँचाई आयोजनाको नहरमा पौडी खेल्दै स्थानीय बालबालिका । गर्मी बढेसँगै तराईमा गर्मी छल्न पौडी खेल्नको संख्या पनि बढ्दो छ ।

 

पाँचथर र तेह्रथुम जोडने तमोर नदीको लुबुघाटमा निर्माणाधीन पुल अलपत्र अवस्थामा । एघार वर्षअघि निर्माण थालिएको उक्त पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र छ । रु १७बmउस करोडको लागतमा स्वच्छन्द निर्माण कम्पनीले उक्त पुल निर्माणको ठेक्का लिए पनि म्याद सकिएको ८ वर्षसम्म आधा पनि निर्माण कार्य पूरा गरेको छैन ।

 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ तातोपानीमा ५० लाखको लागतमा निर्माण भएको २१ फिट लामो शिवको मूर्ति ।
वीरेन्द्रनगर ११ चौखेढुङ्गामा लगाइएको धानबाली । पछिल्लो समय जग्गा प्लटिङले खेतियोग्य जमिन मासिँदै गर्दा सरकारले खेतीयोग्यमा प्लटिङ गर्न रोक लगाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार