तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजार आइतबार सुनको मूल्यमा तीन सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी भने प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै प्रतितोला एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार