अवैध संरचना हटाउन बालेन आफैँ फिल्डमा (फोटोफिचर)

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली तत्काल भत्काउन साहले निर्देशन दिएका छन् ।

पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि महानगरले अवैध संरचना भत्काउने अभियान चलाएको हो ।

साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार