दसैं र तिहारका लागि आयात गरिएका अर्बौं मूल्यका सामान केरुङमै रोकिए

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै चीनले रसुवागढी नाका बन्द गरेको छ । गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् । नाका बन्द हुँदा दसैं, तिहार र
जाडोका लागि आयात गरिएका लुगाकपडा, जुत्ताचप्पललगायतका सामान रोकिएका हुन् ।

रसुवागढी नाकाबाट दैनिक चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो । राजधानीलगायत मुलुकका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ । केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ ।

रसुवागढी नाकाबाट खासगरी स्याउ, मेसिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपत्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदै आएको छ ।

नाका बन्द हुँदा सामान नष्ट हुनेदेखि ढुवानी खर्च बढ्नेलगायतका समस्याहरु देखिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार