इन्धनको मूल्य नघटाउने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको हो ।

अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर निगमले जानकारी दिएको हो ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार