हामी पनि गठबन्धनका अभिन्न अंग हौँ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताए ।उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।

‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौं’, उनले भने ।

भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार