केयुकेएलका सिनियर प्लम्बर पाँच हजार घुससहित पक्राउ

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् ।

खुलाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको पाँच हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको हो ।

अख्तियारका अनुसार आवश्यक प्रक्रिया पूरा गरिसक्दा पनि धारा जडान गर्न आनाकानी गरी पाँच–६ हजार रुपैयाँ दिए मात्र जडान गरिदिने भन्दै घुस मागेको सूचना सेवाग्राहीले दिएका थिए । सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

उनी काठमाडौं महानगरपालिका– ६ महाकाँलचौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयबाटै पक्राउ परेका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार