जेरुसेलममा अतिवादी हमला, सात जना घाइते

काठमाडौँ– जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम ९एमडीए० ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी हाम्रो नियन्त्रणमा छन’ प्रहरी प्रवक्ता कान इली लेभीले भने ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार