युक्रेनको परमाणु ऊर्जा केन्द्रमा बम आक्रमण

काठमाडाैँ- युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका हुन् ।

राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्तीमा १० पटक आक्रमण भएको छ ।

आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन् । रुसले सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको युक्रेनको आरोप छ । यो परमाणु ऊर्जा केन्द्र गएको मार्चयता रुसको कब्जामा छ। जी सेभेन राष्ट्रहरूले यो केन्द्र युक्रेनलाई फिर्ता गर्न रुसलाई भनेका छन् ।

यो परमाणु ऊर्जा केन्द्र युरोपकै सबैभन्दा ठूलो हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार