बम आमक्रमणमा तालिवानका शीर्ष नेता हक्कानीको मृत्यु

काठमाडौं – तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेको बम आमक्रमणमा परी मृत्यु भएको छ ।

राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाको मृत्यु भएको हो । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाको मृत्यु भएको जनाइएको छ ।

विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको छ । नेता मौलानालाई आइएस र आइएस खरसोनका कट्टर विरोधी मानिन्थ्यो ।

महिला शिक्षाका समेत पक्षपाति नेता मौलानालाई सामाजिक सञ्जालमा तालिवानको अनुहार भन्ने गरिन्थ्यो । यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार