नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब ९३ करोडमा सिमित

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से ५ अंकले घटेर दुई हजार ५७. ६८ अंकमा झरेको छ । यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार