केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं । केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय खेलका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।नेपालका लागि यू–१९ का विकेट किपर अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यूएई सिरिज पछि नेपालको कुनै पनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन् ।

उनीसँगै साह आलम र विवेक यादवले पनि टिममा पुनरगामन गरेका छन् । अर्जुनले उमेर समूह अन्र्तगत यू–१९ एसिया कप खेलेका हुन् ।नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।

नेपाली टोलीका खेलाडी : सन्दीप लामीछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव

वैकल्पिक खेलाडी : प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार