सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार