सामाजिक सञ्जालको दुरुप्रयोग गर्नेमाथी अनुसन्धान गर्न आईसोलेसनबाटै थापाको आग्रह

नेकपा एमालेका यूवा नेता तथा प्रधानमन्त्रीको प्रमुख प्रेस सल्लाहकार सूर्य थापाले आफु आईसोलेसनमा भएका बेला समेत वैचारिक बहसमा आउन नसक्नेहरुले आफुविरुद्ध अफवाह र दुष्प्रचार गरेकोप्रति दुःख व्यक्त गदै यस्ता गिरोहमाथी अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन ।

एकहप्तादेखि दोस्रोपटक कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका थापाले आईसोलेसनमा बसेको समयमा समेत आफु विरुद्ध गलत र भ्रामक दुष्प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत दुःखेसो पोखेका हुन । कोभिड १९ पोजेटिभ देखिएपछि स्वास्थ्य लाभ गरेर घरमै आईसोलेसनमा बसिरहेका समयमा पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न टिप्पाणीहरुप्रति इंगित गदै थापाले भनेका छन ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । यूगपुरूष प्रचण्ड नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ’श्रद्धाञ्जलि‘ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।’

आफु कोभिड १९ संक्रमित भएको र सम्पर्कमा रहेका व्यक्तिलाई सचेत बन्न आग्रह गरेको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा केहि व्यक्ति र समूहले प्रेस सल्लाहकार थापा विरुद्ध अपराधिक शैलिले विभिन्न झुट्टा र भ्रामक सामाग्रिहरु पोष्ट गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामसँग जोडिएका फेसबुकमा चल्ने ग्रुपले त थापाको मृत्यु भएको भन्दै श्रद्धाञ्जली समेत लेख्ने, फोटोसप गरेर झुट्टा सामग्री पोष्ट गरेका थिए ।

यस्ता अपराधिक गतिविधी गर्ने गिरोहमाथी साईबर कानुन अनुसार अनुसन्धान तथा कारबाहीका लागि समेत थापाले ध्यानआर्कषण गराएका छन । नेता थापा बैशाख २५ गते गरिएको परिक्षणमा दो्रस्रोपटक कोभिड-१९ पोजेटिभ देखिएपछि घरमै आईसोलेसनमा छन । उनलाई एकवर्षअघि पनि कोभिड १९ को संक्रमण देखिएर निको भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार