पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बिहे गरिन्

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् ।

विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए ।

काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए ।रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार