कडा सुरक्षासहित संसद भवन पुगे अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन बानेश्वरस्थित संसद भवनमा पुगेका छन् । उच्च सुरक्षा सर्तकर्तासहित शर्मा बैठकस्थलमा पुगेका हुन् । अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदमा जवाफ दिने कार्यसूची रहेको छ ।

एमालेनिकट युवासंघले उनलाई संसद भवनबाट जानबाटै रोक्ने योजना बनाएको थियो । त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा दिइएको हो । अर्थमन्त्रीलाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झण्डा देखाउने तयारी गरेका युवा संघका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यता प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारीसमेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार