ताप्लेजुङबाट झापा जाँदै गरेको जिप दुर्घटना, ८ जना घाइते

मेची राजमार्गको पुवाखोलास्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइमा दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जना घाईते छन् । घाइतहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । जिपमा ११ यात्रु सवार थिए । अन्यको अवस्था सामान्य छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार