बाबुरामको प्रस्ताव: वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।

यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ । यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ । विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

भट्टराईले बुधवार सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति,साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन् । यससँगै ओलीको प्रधानमन्त्री पद स्वतस् गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार