बधाई खाइरहे, शपथ खान पाएनन्

सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए ।

उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो ।

मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले प्राविधिक कारणले शपथ रोकिएको बताए । ‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौँ,’ श्रेष्ठले भने । मन्त्रीमा सिफारिस भएका अर्का नेता शेरबहादुर कँवरले भने शपथग्रहणको प्रतीक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार