मिरुना र फुर्बाबीच समझदारी, दुवैले मागे माफी

दुर्व्यवहार प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार