पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध घोषणा भएका कार्यक्रम स्थगित गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध भइरहेको विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको कर घटाउने निर्णयअनुसार नै अर्थ मन्त्रालयमा गृह कार्यभइरहेकोले विद्यार्थी संगठन लगायत सबैको माग सम्बोधन भएको जनाएको छ ।

डिजेल, पेट्रोलको सीमावर्ती मूल्य अन्तरसमेतका आधारमा करका दररेट समायोजन गरी मूल्य घटाउने निर्णय भइसकेकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका माग सम्बन्धी विरोधका कार्यक्रमहरु स्थगित गर्न विद्यार्थी संगठनलाई आग्रह गरेको हो ।

पेट्रोलियम पदार्थमा १० रुपैयाँ बढेपछि विद्यार्थी संगठनहरु पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै सत्ता गठबन्धन निकट विद्यार्थी संघले आयलनिगम घेराउ गरेको थियो । यस्तै एमालेनिकट विद्यार्थी संगठनले देशैभर मूल्यवृद्धिको विरोध गरेको थियो भने ठाउँठाउँमा मसाल जुसुलसमेत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार