भरतपुरकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटना भएको छ । जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मेयर दाहाल सामान्य घाइते भएकी छिन् ।

उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार