सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.८२ अंकको गिरावट आउँदा परिसूचक २२२३.७८ बिन्दुमा रोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ६.०८, विकास बैंक ३७.५४, फाइनान्स कम्पनी २२.३६, जलविद्युत २९.७३, जीवन बीमा ७८.८१, माइक्रोफाइनान्स ३७.८१, निर्जीबन बीमा समूहको उपसूचक ६८.४६ अंकले घटेको छ ।

शुक्रबार रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । कारोबारमा रुरु जलविद्युत परियोजना, नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तैहिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।

कारोबारमा प्रभु बैंकको संस्थापक सेयर धेरै मूल्यमा कारोबार भएको छ । १७ करोड ६० लाख ७५ हजार रुपैयाँको बैंकको संस्थापक सेयर किनबेच भएको छ । धेरै कारोबार हुने कम्पनीमा मेगा बैंक पनि रहेको छ । बैंकको ९ करोड ८२ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

आजदेखि दोस्रो बजारमा कारोबार संचालनका लागि सूचीकृत भएको लघुवित्तको सेयर मूल्य पहिलो कारोबार दिन ४.०४ प्रतिशत बढेको छ। शुक्रबारको कारोबारपछि उपकार लघुवित्तको अन्तिम कारोबार मूल्य १२५९.९० रुपैयाँ पुगेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार