कपिलवस्तुमा भयावह बन्दै कोरोनाः एकैदिन ५ जनाको ज्यान गयो

कपिलवस्तुमा आइतबार एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० वर्षीया महिला रहेका छन् ।

यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउँपालिकाका ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले मायादेवीलाई जानकारी दिए ।

यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताए । यस्तै आज थप ६२ जनाले कोरोना जितेका छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ जनाले ज्यान गुमाएका छन् भने ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र १०२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार