सरकारविरुद्ध आन्दोलन सुरु गर्ने महन्थ ठाकुरको चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित भनेर नीति तथा कार्यक्रममा राखिएपनि त्यो ग्राउन्ड रियालिटीसँग अमिल्दो रहेको बताए ।

उनले महोत्तरीको मटिहानी नगरपालिकाको लोसपाको मेयरका उम्मेदवारमाथि हमला भएकै दावी गरे । उनले यो कुरा कसैलाई जनाकारी नभए प्रशासनलाई सोध्न आग्रह गरे ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै अध्यक्ष ठाकुरले निर्वाचनका क्रममा गोली चलेको, मानिस मरेको दुर्घटना भएको बताए ।

उनले नागरिकतासम्बन्धी ऐन कानुन कुन सहमतिका आधारमा बनेको हो भन्दै रेशम चौधरीलगायतका कार्यकर्ता किन जेलमा छन् भनेर प्रश्न गरे । उनले गोली चलाउनेमाथि मुद्दा चलाइएन रु के उनीहरु भगवान हुन् रु उनीहरुले इनाम पाउने भन्दै प्रश्न गरे ।

उनले घरमा खाना पकाइरहेको महिलालाई गोली चलाएर अत्याचार गरेको भन्दै सरकार स्वेच्छाचारी भएको बताए । आफुहरुले सामाजिक प्रश्न उठाउँदा साम्प्रदायिक हुने, राजनीतिक कुरा उठाउँदा विखण्डनकारी हुने भन्दै सत्ताधारी दलले के–के गरेका छन् भन्ने आफुलाई राम्ररी थाहा रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार