बैशाख मसान्तसम्ममा राष्ट्र बैंकमा नेपाल सरकारको ३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप

नेपाल राष्ट्र बैंकले बैशाख मसान्त सम्मको अपरिष्कृत मासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार बैशाख मसान्त सम्ममा राष्ट्र बैंकमा नगद तथा नगद समान सम्पती ४ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै यो अवधी सम्ममा राष्ट्र बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण तथा सापटी दिएको छ । साथै समिक्षा अवधीसम्ममा राष्ट्र बैंकमा बैंक तथा वित्तिय संस्थाहरुबाट १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ ।

त्यसैगरी बैशाख मसान्त सम्ममा राष्ट्र बैंकमा नेपाल सरकारको ३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार