सिरहाको गोलबजारमा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेका मेयर श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती साह विजयी भएका छन्। आज विहान सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ७ हजार ९०८ मत र साह ७ हजार ७०३ मत सहित विजयी भएका हुन् ।

मेयरका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा माओवादीका उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत र नेपाली काँग्रेसका राजदेव साह ९लालबाबु०ले ५ हजार ६४३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनएको छ।

उपमेयरका निकटतम निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेशम कुमारी थापाले ५ हजार ६४३ र नेपाली काँग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत प्राप्त गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार