पोखरामा मेयरका उम्मेदवार थापाको वडामै एमाले पराजित

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १६ गुमाएको छ । वडा नम्बर १६ एमालेबाट मेयरका प्रत्यासी रहेका कृष्ण थापा घर भएको क्षेत्र हो ।

उक्त वडाबाट नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी बनेका छन् । त्यस वडाबाट एमालेले राजेश गुरुङलाई अध्यक्षमा उठाएको थियो ।

यद्यपि, मेयरमा कृष्ण थापाले प्रतिस्पर्धी गठबन्धनका धनराज आचार्यभन्दा ७ सय बढी मत पाएका छन् । यो वडामा ७ हजार ५१९ बढी मतदाता थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार