सिर्जनाभन्दा पछि परे केशव, बालेनको अग्रता कायमै

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनामा सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पछि पारेको छ ।

कुल खसेका मतमध्ये १ लाख ३४ मतपत्र गणना हुँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई ६० मतले पछि पारेकी हुन् ।

सिंहले १९ हजार ९१० मत पाउँदा स्थापितले १९ हजार ८५० मत प्राप्त गरेका छन् । मत गणनाको सुरुवातबाटै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको भने मत संख्या ३६ हजार २२६ पुगेको छ ।

काठमाडौँमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ ।

अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६ र २७ नम्बर वडाको मत गणना चलिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार