उर्लाबारीमा गठबन्धन गर्न अस्वीकार गरेको कांग्रेस एमालेसँग पराजित

सत्तारूढ दलसँग गठबन्धन नगरी एक्लै चुनावमा होमिएको नेपाली कांग्रेस उर्लाबारी एमालेसँग हारेको छ । उर्लाबारी नगरपालिकामा कांग्रेसलाई हराउँदै एमालेले मेयर र उपमेयर दुवै जितेको छ ।

निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १५६ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार फागोले १० हजार २९० मत पाए ।

उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएकी छन् । कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत पाइन् ।

२०७४ सालको चुनावमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । यो पटक मेयर उपमेयर जितेको एमालेले ९ वटा वडा रहेको उर्लाबारीमा बहुमत वडा अध्यक्ष पनि जितेको छ । १, ३, ५, ७, ८ नम्बर वडा एमालेले जितेको हो । २, ४, ६ र ९ नम्बर वडाका अध्यक्ष कांग्रेसले जितेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार