रुखको हाँगा काट्नेलाई महानगरले तिरायो पाँच हजार जरिवाना

ललितपुर । रुखको हाँगा काट्नेलाई ललितपुर महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेको भन्दै महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई उक्त जरिवाना तिराएको हो ।

काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् । यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा ललितपुर महानगरपालिकाले शुक्रबार एक व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सडकको पेटीमा रोपिएको विरुवा काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा महानगरपालिकाले वडा नम्बर २५ भैंसेपाटीका स्थानीय लालबहादुर लामासँग ५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

लामाले सडक पेटीमा रापिएको रुखको मोटो हाँगो काटेर बाख्रलाई घाँस हालेको महानगरको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार