भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म ४५,७६२ मतको गणना हुँदा मेयरमा रेनु दाहालको अग्रता कायमै छ ।

उनले १७ हजार २९० मत प्राप्त गर्दा विजय सुवेदीले १४ हजार २६ मत पाएका छन् । रेनु र विजयको मतान्तर ३ हजार २६० को छ ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत पाएका छन् । अहिले वडा नम्बर १० र ११ को मत गणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार