सेयर बजारमा गिरावट, २२५० अंकमा ओर्लियो नेप्से

सेयर बजार नेप्सेमा बिहीबार गिरावट आएको छ । नेप्से बिहीबार २२५० अंकमा झरेको हो । बजारमा निरन्तर आएको गिरावटले लगानीकर्तालाई समेत निरुत्साहित बनाएको छ । बजारमा २३.५१ अंकको गिरावट आउँदा परिसूचक २२५०.९१ बिन्दुमा रोकिएको हो।

२१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ६.५७, विकास बैंक ८३, जलविद्युत ४४.७४, वित्त कम्पनी ४१.३५, निर्जीबन बीमा १४३.०५, उत्पादन तथा प्रशोधन ४४.४२, माइक्रोफाइनान्स ५१.७, जीवन बीमा समूहको उपसूचक १७२.२८ बिन्दुमा रोकिएको छ ।

सबैजसो उपसमूह घटेका छन् । तर जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत बढ्यो । मैलुङखोलाको २.९ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक (संस्थापक), एनआईसी एसिया लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अरुण काबेली र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार