मुड्केचुला गाउँपालिकामा माओवादीको जित

जाजरकोट । मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।

अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत मात्र पाए ।

रोकायले १ हजार ३३६ मतसहित उपाध्यक्षमा विजयी हुँदा एमाले उम्मेदवार सविताकुमारी रोकायले १ हजर १६५ मत मात्र पाइन् । माओवादीले २,३,४,५,६,७,८ र ९ मा जितेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार