कपिलवस्तुमा निषेधाज्ञाको अवज्ञा गर्ने ९९ सवारी साधनलाई कारबाही

विश्वलाई नै आक्रान्त पारेको कोभिड-१९ को सङ्क्रमण नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा निषेधाज्ञा लागु भएको दोस्रो दिन (बुधबार) निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ ।
आफु खुसी सवारी साधनमा आवत जावत गर्ने व्यक्तिहरूबाट ९४ मोटरसाइकल, ४ अटो रिक्सा र १ ट्याक्टर गरी ९९ सवारी साधनहरू निषेधाज्ञाको अवज्ञा गरेकाले नियन्त्रणमा लिई तोकिएको कानुन बमोजिम आवश्यक कारबाही गरिएको छ ।
साथै, अनावश्यक हिँडडुल गर्ने व्यक्तिहरूलाई केही समय होल्ड गरी सम्झाई-बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरूलाई मास्क समेत दिई प्रहरीले घर पठाएको छ ।
कपिलवस्तुमा कुल सङ्क्रमितको सङ्ख्या ३ हजार १ जना छ भने २ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।कपिलवस्तुमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८२९ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार