राष्ट्रियसभाको रिक्त एक सिटमा एमाले-एमालेबीच भिडन्त हुने

राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमाले(एमालेबीच भिडन्त हुने भएको छ । आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् ।

गठबन्धनले नेपाल समूहका डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् भने एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ । वाग्मती प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा प्रचण्ड(माधव पक्षको साझा रोजाइमा परेका हुन् । देवकोटा माधव समूहबाट उम्मेदवार बने पनि चुनाव चिन्ह भने माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने समझदारी भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि वागमती र लुम्बिनी प्रदेशका दुई सिटको रिक्त भएका थिए । लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन तोकिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार