गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट

गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नसक्नुहुनेछ ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार