अब डिशहोमको ५० एमबीपीएसको इन्टरनेट प्याकेज ६९९ रुपैयाँमा मात्र

डिशहोम फाईबरनेटले आफ्नो ग्राहकहरुका लागि नयाँ कम्बो प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले ५० एमबीपीएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर प्रति महिना ६९९ रुपैयाँमा सार्वजनिक गरेको हो ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्धवार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ रुपैयाँमा आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ ।

एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार